२१ माघ,काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा विवादका कुराहरू नगर्न आग्रह गरेका छन् ।
प्रदेश सभापति तथा प्रदेश प्रशिक्षणा विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्रका कुरालाई कोठाभित्रको छलफलमा राख्नुपर्ने बताए ।
उनले भने, ‘मञ्चमा कांग्रेसका नेताहरूले दोहोरी बन्द गर्नुपर्छ । मञ्चमा एकता, कोठाभित्र बहस छलफल गरौं । एकताबद्ध भएर अघि बढौं । ०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं, ०८३ को अभियान चलाऔं, तीन वर्षको अभियानपछि ०८४ को आम अभियानमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसको वर्षौँदेखि अपराधपूर्ण अन्तर्घातले रोक्छ । अन्तरघात कांग्रेसको महारोग भयो । यो रोग समाधान भयो भने कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ ।’उनले गत चुनावमा अरुसँग गठबन्धन गरे पनि पार्टीभित्रकै अन्तरघातको कारणले प्रदेशमा ४० र संघमा ३० सीट हारेको बताए ।