रबि लामिछानेविरुद्ध बारा, पर्सा र धादिङका जिल्ला न्यायाधिवक्ताहरूले पनि बहस गर्ने

सेयर गर्नुहोस्

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बिहीबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई बिहिबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएको थियो ।

लामिछानेविरुद्ध आज तीन जिल्ला न्यायाधिवक्ताले पनि बहस गर्ने चितवन अदालत स्रोतले जानकारी दिएको छ । लामिछानेविरुद्ध बहस गर्नको लागी छिमेकी जिल्लाबाट जिल्ला न्यायाधिवक्ताहरू – बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट दशरथ पंगेनीले रबि लामिछाने बिरुद्ध बहस गर्ने भएका हुन । रबि लामिछाने बिरुद्ध बहस गर्ने भन्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी बिहानै काठमाडौबाट चितवन गईसकेका छन् । यस्तै, लामिछानेका तर्फबाट एक र पीडित पक्षबाट तीनजनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछाने पक्षबाट एकजनाले बहस गरेका थिए ।

त्यसपछि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको थियो । गएको मंगलबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा चितवन अदालतमा मुद्दा दायर भएको थियो । पुर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौंबाट ५० लाख र रूपन्देही जिल्ला अदालतबाट १ करोड धरौटी बुझाएर छुटिसकेका छन् । बिहिबार जिल्ला अदालत चितवनमा थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति कारागार चलानमध्ये एक आदेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *