अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई कांग्रेसको ‘ह्वीप’ जारी

सेयर गर्नुहोस्

२४ माघ,काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संघीय संसद्को दुवै सदनका सदस्यहरूलाई मोबाइल फोनमा ‘म्यासेज’ गरेर अध्यादेशहरूको पक्षमा उभिन ‘ह्वीप’ लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतकले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो व्हिप जारी गरिन्छ ।’

सरकारले संघीय संसद्को चौथो अधिवेशन अन्त्य भएपछि दुईपल्ट गरी ल्याएका छ वटा अध्यादेश संघीय संसद्का दुवै सदनको बैठकमा निर्णयार्थ पेस हुँदैछन् ।

कांग्रेसले दुवै सदनका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसद्हरूलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *