सिन्धुली गाडी दुर्घटना : एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

सेयर गर्नुहोस्

२५ माघ, काठमाडौं । झापाबाट काठमाडौं आइरहेको निजी ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको करिब पौने ४ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् । गाडी अनियन्त्रित भएर राजमार्गभन्दा ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *