वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेहरूसँग मागियो जनही १-१ लाख धरौटी

सेयर गर्नुहोस्

२५ माघ,काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेहरूसँग जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेको छ।

शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रतिवादीहरू तीन जनासँग धरौटी माग गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने  ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने  महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने सितल राई भन्ने सीतादेवी राईविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएको हो।

उनीहरू तीनै जनासँग अदालतले जनही एक लाख धरौटी माग गरेको हो।जसमध्ये केसी र राईले धरौटी बुझाइसकेको सूचना अधिकारी श्रेष्ठले बताए। महानन्द जैसीले भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

माघ २ गते अपराह्न पौने ४ बजे अधिवक्ता त्रिपाठी काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदा हातपात भएको थियो। उनले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेका थिए।

बहस सकेर बाहिरिएका त्रिपाठीमाथि हातपात गरेका थिए। उनले उनीहरूविरूद्ध ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *