हर्क साम्पाङले दिए मीन विश्वकर्माविरुद्ध अख्तियारमा उजुरी

सेयर गर्नुहोस्

२५ माघ, काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *