चितवनमा  २ ओटा सवारी दुर्घटना

सेयर गर्नुहोस्

२७ माघ,काठमाडौं- आज बिहान   चितवनमा  २ ओटा सवारी दुर्घटना भएका छन ।  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाण्डौ आइरहेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।प्रहरीका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको जनाएको  छ ।

 यस्तै  चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् ।

प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ  ल्याइदै  थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर आउदै  गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *