आज देशभर वर्षाको सम्भावना, ६ प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने

09 August, 2026 24 Views
आज देशभर वर्षाको सम्भावना, ६ प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने
24

काठमाडौं, साउन २४ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ। बागमतीका थोरै तथा गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका केही तथा थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र कर्णालीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा कोशीका हिमाली, पहाडी तथा तराई क्षेत्र, बागमतीका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णालीका पहाडी क्षेत्र, मधेश तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

 
 
 

Related Post