असोज,काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्यानका सचिव पारस खड्काले अब टेस्ट मान्यता पाउने सपनि पनि पूरा हुने बताएका छन् । नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकपका लागि छनोट भएसँगै पारसले सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गर्दै टेस्ट मान्यता पाउने सपना पनि पूरा हुने बताएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘रातो र चन्द्र–सूर्य । सपना अनि वास्तविकताबीच हामी हाम्रो तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं। नेपाल क्रिकेटसँग जोडिएका सबैलाई बधाई र शुभकामना।’ उनले अब नेपाल विस्तारै टेस्ट राष्ट्र बन्ने सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । ‘हामीले देशमा खेलको विकास, प्रेरणा र परिवर्तनको लक्ष्य बोकेका छौं, सबैको एकताले नेपाललाई पूर्ण सदस्य राष्ट्र बन्ने सपना पूरा गर्न मद्दत गर्नेछ’ उनले लेखेका छन् ।‘अहिले हामी इतिहासको मोडमा छौं, जहाँ मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नेपाल क्रिकेटको भविष्य निर्धारण हुनेछ’ उनले थपे, ‘हरेक बच्चाको हातमा रहेको ब्याट र बल हाम्रो सपना पनि हो। अब अघि बढौं, नेपाल।’ नेपालले लगातार दोस्रो पटक र समग्रमा ३ तेस्रो पटक विश्वकप खेल्ने भएको छ ।