एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित

एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित
87

काठमाडौं । एसीसी प्रिमियर कप–२०२६ को समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो ।

पराजित भए पनि नेपाल समूहमा पहिलो स्थानमा रहँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगको जितसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ भने आयोजक मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’बाट युएई र ओमानले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।

Related Post