बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा ५ खर्ब ५९ अर्ब बजेट आवश्यक

05 October, 2026 40 Views
बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा ५ खर्ब ५९ अर्ब बजेट आवश्यक
40

काठमाडौं । सरकारले पछिल्लो मनसुनजन्य बाढीबाट प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँभन्दा बढी बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले लागत अनुमान र प्राथमिकता तय हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि पनि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री शाहले पुनःनिर्माण र पुनःस्थापनाको काम संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा अघि बढाइने बताउनुभएको छ।

बैठकले प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःनिर्माण र पुनःस्थापनाको काम तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Related Post