काठमाडौँ । राठी ग्रुपअन्तर्गतको अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापार एक वर्षमा १७ प्रतिशतले बढेको छ।
कम्पनीले सन् २०२६ मा ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष सन् २०२५ मा कम्पनीको व्यापार ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ रहेको थियो। एक वर्षमा कम्पनीको व्यापार ५५ करोड ९० लाख रुपैयाँले बढेको हो।
कम्पनीको व्यापारमा पछिल्ला वर्षहरूमा वृद्धि देखिएको छ। सन् २०२५ मा कम्पनीको व्यापार ३१ प्रतिशतले बढेको थियो भने सन् २०२४ मा १७ प्रतिशतले वृद्धि भएको थियो।
अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले घरायसी प्रयोजनमा प्रयोग हुने वायरिङ केबलसँगै पावर केबल, एबीसी, एसीएसआर र कन्सेन्टिक केबलको कारोबार गर्दै आएको छ।
व्यापार वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ। सन् २०२६ मा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.२६ प्रतिशत पुगेको छ। सन् २०२५ मा यस्तो मार्जिन ८.२१ प्रतिशत थियो।
त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन ५.२९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष कम्पनीको खुद नाफा मार्जिन ४.२२ प्रतिशत थियो।
कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ। सन् २०२६ मा ग्रस क्यास एक्रुअल २६ करोड रुपैयाँ पुगेको छ। सन् २०२५ मा यस्तो रकम १७ करोड ४० लाख रुपैयाँ थियो।
यसरी एक वर्षको अवधिमा कम्पनीको व्यापारसँगै सञ्चालन नाफा मार्जिन, खुद नाफा मार्जिन र ग्रस क्यास एक्रुअलमा समेत सुधार देखिएको छ।