74
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गतेयता आएको बाढीपहिरोको व्यवस्थापनका लागि सरकार निरन्तर काम गरिरहेको बताएका छन्।
सिंहदरबारमा बसेको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विपद् व्यवस्थापनको काम भइरहेको बताए।
भोटेकोशी–त्रिशूली, गण्डकीलगायत क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययन र व्यवस्थापन भइरहेको उनको भनाइ छ।
उनले विपद्को जोखिम कम गर्न पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने र हिमपहिरोको जोखिम घटाउन पनि आवश्यक काम अघि बढाउने बताए।
प्रधानमन्त्री शाहले विपद्का बेला खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र अन्य सबैलाई धन्यवाद दिएका छन्।