65
भक्तपुर । भक्तपुरको जगातीस्थित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी हुँदा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–८, कँपलिचोकमा रहेको विके सप्लायर्समा सोमबार बिहान करिब ६ बजे आगलागी भएको हो ।
जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । नजिकै रहेको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीको कारण भने खुलेको छैन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।