कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने

05 October, 2026 81 Views
कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने
81

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका क्रममा शिक्षा, रोजगारी वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।

१५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा कोषमार्फत सम्बन्धित परिवारको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उल्लेख छ। कोषको संकलन, सञ्चालन र लेखापरीक्षण पारदर्शी बनाउने कांग्रेसले जनाएको छ।

त्यस्तै, नागरिकसँग प्रत्यक्ष जोडिन ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने र जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार तथा असमानताविरुद्ध काम गर्ने नीति पनि कांग्रेसले अघि सारेको छ।

Related Post