बाढीले बगाएर ल्याएको शवको सुनको मुन्द्रा लुछ्ने दुई पक्राउ

27 August, 2026 110 Views
बाढीले बगाएर ल्याएको शवको सुनको मुन्द्रा लुछ्ने दुई पक्राउ
110

काठमाडौं । रसुवाको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ का २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ का ३८ वर्षीय उमेश चौधरी छन्। उनीहरू हाल भरतपुरमा बस्दै आएका थिए।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूको पहिचान गरी आज दिउँसो पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।