जलवायु संकट सामना गर्न नेपाल, भारत र चीन मिल्नुपर्छ : रवि लामिछाने

27 August, 2026 65 Views
जलवायु संकट सामना गर्न नेपाल, भारत र चीन मिल्नुपर्छ : रवि लामिछाने
65

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले तीनवटै देश हिमालय क्षेत्र र एउटै पर्वतीय प्रणालीसँग जोडिएकाले सीमापार सहकार्य अपरिहार्य रहेको बताएका हुन्।

उनले नेपालका धेरै नदीको स्रोत एक देशमा र बहाव अर्को देशमा पुग्ने भएकाले जलवायु तथा विपद्सम्बन्धी सूचना र तथ्यांक तत्काल आदानप्रदान गर्नुपर्ने बताए।

लामिछानेले तीन देश मिलेर पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन र सीमापार विपद् व्यवस्थापनमा सहकार्य गर्न प्रस्ताव गरेका छन्। हिमनदी पग्लिने वा हिमपहिरो जाने प्रक्रिया रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्न सकिने उनको भनाइ छ।

उनले जलवायु परिवर्तन भइसकेकाले त्यसअनुसार योजना र नीति बनाउनुपर्ने बताउँदै रसुवामा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका छन्।