काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका शाहको यो प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा आज आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उक्त भेट नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा साँझ ६ बजेका लागि तय गरिएको छ।
त्यस्तै, सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, लगानी तथा हवाई सम्पर्क विस्तारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। साथै, नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी तथा सम्झौताहरू आदानप्रदान हुने बताइएको छ।
प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।
भारत भ्रमणमा प्रधानमन्त्री बालेन शाह, आज जयशंकरसँग भेटवार्ता; भोलि मोदीसँग द्विपक्षीय छलफल
49