एनपीएल उद्घाटनका लागि त्रिवि मैदान पुगे प्रधानमन्त्री बालेन शाह

26 October, 2026 69 Views
एनपीएल उद्घाटनका लागि त्रिवि मैदान पुगे प्रधानमन्त्री बालेन शाह
69

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । एनपीएलको तेस्रो संस्करणअन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ । प्रतियोगिताको पहिलो खेल केहीबेरमा सुरु हुँदैछ ।

Related Post