एनपिएलका लागि सजियो त्रिवि मैदान, राति पनि खेल्न मिल्ने

15 October, 2026 81 Views
एनपिएलका लागि सजियो त्रिवि मैदान, राति पनि खेल्न मिल्ने
81

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएको छ। मैदानको स्तरोन्नति, पिच व्यवस्थापन र दर्शकका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।

प्यारापिटमा नयाँ कुर्सी, डिजिटल टिकट, सिट नम्बर, सुरक्षा निगरानी र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। फ्लडलाइट जडान भएसँगै आवश्यकताअनुसार रातमा पनि खेल सञ्चालन गर्न सकिनेछ।

आगामी कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

Related Post