दशैं यात्रालाई सुरक्षित बनाउन हुन्डाईको ९ स्थानमा निःशुल्क सवारी जाँच

15 October, 2026 80 Views
दशैं यात्रालाई सुरक्षित बनाउन हुन्डाईको ९ स्थानमा निःशुल्क सवारी जाँच
80
 

 

काठमाडौं । दशैंमा लामो दूरीको यात्रा गर्ने हुन्डाई गाडी प्रयोगकर्तालाई लक्षित गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशका विभिन्न नौ स्थानमा निःशुल्क सवारीसाधन जाँच तथा मर्मतसम्बन्धी सुविधा उपलब्ध गराउने भएको छ ।

हुन्डाईको आधिकारिक बिक्रेता कम्पनीले ‘ड्राइभ होम विथ कन्फिडेन्स’ नारासहित ‘हाइवे एस्योरेन्स’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम असोज २८ देखि ३१ गतेसम्म (अक्टोबर १४ देखि १७) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सवारीसाधनको २६ बुँदामा निःशुल्क जाँच गरिनुका साथै लुब्रिकेन्ट र कुलेन्ट टपअपको सुविधा उपलब्ध हुनेछ । पेट्रोलियम इन्धनबाट चल्ने गाडीका साथै विद्युतीय गाडी (ईभी) प्रयोगकर्तालाई लक्षित गरी तोकिएका स्थानमा चार्जिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिर्तामोड, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल, बाँके, इच्छाकामना, डुम्रे र इटहरीमा उक्त सेवा उपलब्ध हुनेछ ।

दशैंका बेला लामो दूरीको यात्रा गर्दा सवारीसाधनमा देखिन सक्ने प्राविधिक समस्या न्यूनीकरण गर्दै यात्रा सुरक्षित र सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Related Post