53
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।
कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सम्हालेको छ।
सेबोनबाट अनुमति प्राप्त भएपछि कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।