349
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ३५ वर्षमुनिका युवा क्लस्टरबाट खुलातर्फ सात जना निर्वाचित भएका छन्। २७ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धाबाट सात जना चयन भएका हुन्।
निर्वाचित हुनेमा सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा. आयुस बगाले, इन्जिनियर शैलेष मिश्र, इन्जिनियर रोशन बस्नेत र सुशील भट्ट रहेका छन्।
निर्वाचनमा तिमल्सेनाले सर्वाधिक ३ हजार १५६ मत प्राप्त गरे। त्यस्तै, आत्रेयले २ हजार ८१३, भट्टले २ हजार ७८३, बगालेले २ हजार ५७५, मल्लले २ हजार ५६०, बस्नेतले २ हजार २७१ र मिश्रले २ हजार १३३ मत प्राप्त गरे।
नेपाली कांग्रेसले पार्टीको विधानमै व्यवस्था गरेर पहिलोपटक ३५ वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने व्यवस्था कार्यान्वयन गरेको हो।