हैदराबाद हाउसमा बालेन–मोदीबीच उच्चस्तरीय वार्ता, दुवै देशका शीर्ष अधिकारी सहभागी

हैदराबाद हाउसमा बालेन–मोदीबीच उच्चस्तरीय वार्ता, दुवै देशका शीर्ष अधिकारी सहभागी
41
 

 

काठमाडौँ । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय वार्ता सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा द्विपक्षीय बैठक अघि बढेको हो ।

बैठकमा दुवै देशका उच्चपदस्थ सरकारी अधिकारी तथा प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको छ ।

नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारीहरू बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भइरहेको यस उच्चस्तरीय भेटवार्तालाई नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी चासोका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

 
 

Related Post