कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार स्वास्थ्य डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहित ३० जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
हेल्थ डेस्कबाट मधुमेह तथा उच्च रक्तचापको परीक्षण, सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधिलगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
प्रतिनिधिलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको डा. केसीले बताए । त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् ।
रातिको समयमा पनि स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने भएकाले ‘अनकल ड्युटी’को व्यवस्था गरिएको छ । होटलमा बसिरहेका प्रतिनिधिलाई स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी होटलमै पुगेर परीक्षण तथा आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको डा. केसीले जानकारी दिए ।