92
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मूल समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र स्थापनापछि प्राप्त संविधान अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका हुन्।
उनले पछिल्लो सरकारका अभिव्यक्ति र कार्यशैलीका कारण संविधानमाथि अप्ठ्यारो परिस्थिति सिर्जना भएको दाबी गरे। साथै, राजनीतिक दलहरूको निरन्तरतामा क्रमभंगता देखिएको उनको भनाइ थियो।
प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नेतृत्वमा निरन्तरतामा क्रमभंगता कायम गरेको भन्दै उनलाई शुभकामना समेत दिए।