8
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीनकुमार आचार्यले पार्टीका नेता–कार्यकर्तालाई दम्भ र अहंकारबाट टाढा रहन आग्रह गरेका छन्।
रुपन्देहीको सियारीमा आयोजित कार्यक्रममा आचार्यले रास्वपामाथि नागरिकको अपेक्षा धेरै रहेकाले नेता, कार्यकर्ता र शुभेच्छुक कसैले पनि सानातिना कमजोरी गर्ने छुट नरहेको बताए।
मिडिया र नागरिकले पार्टीका गतिविधि र कमजोरीलाई निरन्तर निगरानी गरिरहेको भन्दै उनले त्यसलाई नकारात्मक रूपमा नभई आफूहरूलाई सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
सरकारका सकारात्मक काम जनतासम्म पुर्याउन र नागरिकका अपेक्षा पार्टी तथा सरकारसम्म पुर्याउन स्थानीय तहका पार्टी संरचना थप जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाइ छ।