कांग्रेस सहमहामन्त्री (मधेसी) मा अजयकुमार चौरसिया निर्वाचित

16 October, 2026 474 Views
कांग्रेस सहमहामन्त्री (मधेसी) मा अजयकुमार चौरसिया निर्वाचित
474
 

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मधेसी क्लस्टरतर्फ सहमहामन्त्रीमा अजयकुमार चौरसिया निर्वाचित भएका छन्।

एक पदका लागि भएको प्रतिस्पर्धामा पर्साका चौरसियाले आठ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, संसदीय दलका उपनेता अभिषेकप्रताप शाह, किरण यादव, रामपल्टन साह, नगिना यादव, मुक्ताकुमारी यादव र मनिषकुमार मिश्रलाई पराजित गरे।

चौरसिया २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। शेरबहादुर देउवा पक्षका उनी गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।

गत वैशाखमा चौरसियासहित १९ जना नेतालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो।

Related Post