कांग्रेसमा नयाँ नेतृत्वको फैसला हुँदै, मतदानको तयारी अन्तिम चरणमा

08 October, 2026 113 Views
कांग्रेसमा नयाँ नेतृत्वको फैसला हुँदै, मतदानको तयारी अन्तिम चरणमा
113

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी अन्तिम चरणमा पुगेको छ।

मतदानस्थलमा मतपेटिका तयार पारिएको छ भने निर्वाचनका लागि आवश्यक व्यवस्थापन पूरा गरिएको छ।

बिहान १० बजेबाट सुरु हुने भनिएको मतदान तयारीमा ढिलाइ भएपछि दिउँसो १ बजेसम्म सारिएको थियो। अब केहीबेरमै मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसका ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका लागि मतदान गर्नेछन्।

 

मतदानपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ।

Related Post