109
काठमाडौँ । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धि गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार व्यवसायीलाई वित्तीय ज्ञान, वित्तीय विवरण तयारी तथा वित्तीय अनुपालनसम्बन्धी तालिम दिइनेछ । कार्यक्रमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउनेछ ।