86
असोज,काठमाडौं । ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल प्लेयर अफ द म्याच बनेका छन् । उनले ओमानविरुद्ध नेपाललाई जित दिलाउँनका लागि ५१ बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिएका थिए । ओमानविरुद्ध ३८ रनको जित निकालेको नेपाल ८ अंकको साथ पहिलो स्थानमा उक्लिदैं उपाधि जित्ने सम्भावना बढाएको छ । नेपालले आफ्नो सुपर सिक्सको अन्तिम खेल समोआविरुद्ध खेल्नेछ ।