34
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी र बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् ।
कतारको दोहाबाट काठमाडौं आएका थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ५ सय ३६ ग्राम सुन बरामद भएको छ ।
यस्तै, कतारबाटै आएका अन्सारीको साथबाट ६९ दशमलव ६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।