काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ मैदानमा

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ मैदानमा
60
 

 

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणा नहुँदै काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्न थालेको छ ।

यसैक्रममा विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीबाट काठमाडौं महानगरको मेयर पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

निर्वाचनको मिति घोषणा हुनुअघि नै सम्भावित उम्मेदवारहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेपछि काठमाडौं महानगरको आगामी चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

 

Related Post