स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश, शेयरधनीले पाउने ५ प्रतिशत प्रतिफल

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश, शेयरधनीले पाउने ५ प्रतिशत प्रतिफल
36
 

 

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यससँगै शेयरधनीले कुल ५ प्रतिशत लाभांश पाउने भएका छन्।

मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि प्रस्तुत गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ।

 

Related Post