44
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। मंसिर ७ गते सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्दा चाँदी पनि ४५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदी दुवैको मूल्यमा एकैदिन वृद्धि भएपछि नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य पुनः उकालो लागेको छ।