गार्ड अफ अनरसहित बालेनको भव्य स्वागत, मोदी आफैँ पुगे स्वागत गर्न

गार्ड अफ अनरसहित बालेनको भव्य स्वागत, मोदी आफैँ पुगे स्वागत गर्न
45
 

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष सम्मानसहित स्वागत गरेका छन्।

प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित विमानस्थलमा पुग्दा उनलाई गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिएको हो।

स्वागतका क्रममा भारतीय प्रधानमन्त्री मोदी आफैँ बालेनको सवारी साधनसम्म पुगेर उनलाई स्वागत गरेका थिए। मोदीले व्यक्तिगत रूपमा देखाएको यो शिष्टाचारले स्वागत समारोहलाई थप विशेष बनाएको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

 

Related Post