15
काठमाडौं।मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपु।रका अनुसार मुग्लिन बजार नजिकै दिउँसो करिब २:१० बजे पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो
पहिरो हटाउन एउटा डोजर परिचालन गरिएको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ। पहिरो पन्छाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।
यसअघि सोमबार बिहान पनि यही सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो। त्यतिबेला एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको भए पनि पहिरो हटाएर दुवैतर्फ सञ्चालन सुरु भएको केही समयमै फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।