नर्स ज्योति रानाभाटको १५ बुँदे मागमा स्वास्थ्य मन्त्रालयमा छलफल

03 August, 2026 15 Views
नर्स ज्योति रानाभाटको १५ बुँदे मागमा स्वास्थ्य मन्त्रालयमा छलफल
15

काठमाडौं । आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटका प्रतिनिधि र सरकारबीच सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता सुरु भएको छ। वार्तामा रानाभाटले अघि सारेका १५ बुँदे मागबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. संगीता मिश्र, स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन्।

नर्सिङ विषयमा स्नातकोत्तर अध्ययनरत रानाभाटले सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकको सुनिश्चितता, सम्मानजनक सेवा–सुविधा, पर्याप्त दरबन्दी, श्रमशोषणको अन्त्य, जोखिम भत्तालगायतका १५ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेकी हुन्।

उनी साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशनमा बसेकी थिइन्। स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएकी र रक्तचाप तथा रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि आइतबार आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।

 
 
 
 

Related Post