धादिङको गलौदीमा सडक भासियो, मुग्लिन–काठमाडौं आवागमन ठप्प

09 October, 2026 172 Views
धादिङको गलौदीमा सडक भासियो, मुग्लिन–काठमाडौं आवागमन ठप्प
172

काठमाडौं । धादिङको गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिएसँगै दुवैतर्फका सवारीसाधन रोकिएका छन् ।

गजुरी गाउँपालिका–५ गलौदीमा केहीबेरअघि सडक भासिएको हो । सडकको तल्लो भागबाटै भासिएकाले तत्कालै यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको गजुरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकको छेउतर्फको भागमा समेत चिरा परेको छ । सडक थप भासिन सक्ने जोखिमका कारण तत्काल आवागमन खुलाउन कठिन देखिएको छ ।

सडक अवरुद्ध भएपछि मुग्लिनबाट काठमाडौं र काठमाडौं हुँदै मुग्लिन जाने सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास तथा अवरुद्ध सडकको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Related Post