123
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा गाभ्दा वा समायोजन गर्दा कर्मचारी हटाउन नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको हो। त्यस्ता कर्मचारीलाई नजिकको शाखा वा आपसी सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार शाखा समायोजन गर्नुअघि कम्तीमा ९० दिनअघि राष्ट्रिय दैनिक पत्रिका, संस्थाको वेबसाइट र सम्बन्धित शाखाको सूचनापाटीमार्फत जानकारी दिनुपर्नेछ।
त्यस्तै, शाखा समायोजन हुँदा ग्राहकले कर्जा चुक्ता गर्न वा सेवा बन्द गर्न चाहेमा कुनै शुल्क लिन पाइने छैन। शाखा समायोजनपछि तीन कार्यदिनभित्र राष्ट्र बैंकको प्रणालीमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।