कांग्रेस महाधिवेशनमा ४ हजार ५७५ मत खस्यो, मतदानको समय राति ७ बजेसम्म

09 October, 2026 176 Views
कांग्रेस महाधिवेशनमा ४ हजार ५७५ मत खस्यो, मतदानको समय राति ७ बजेसम्म
176

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा हालसम्म ४ हजार ५७५ मत खसेको छ । निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहबाट प्राप्त विवरणका आधारमा उक्त संख्यामा मतदान भएको हो ।

मतदानको विवरणअनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी १ हजार ६३ मत खसेको छ । मधेस प्रदेशबाट ७९०, लुम्बिनी प्रदेशबाट ७०० र गण्डकी प्रदेशबाट ६५१ मत खसेको छ ।

त्यस्तै, कर्णाली प्रदेश र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको निर्वाचन समितिले जनाएको छ । कोशी प्रदेशको मतदान विवरण संशोधन गर्दै ४३० मत कायम गरिएको छ ।

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्ने भए पनि हालसम्म ६५१ मत मात्रै खसेको विवरण प्राप्त भएको छ ।

मतदानका लागि यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । तर, बाँकी प्रतिनिधिलाई समेत मतदानमा सहभागी गराउन समय बढाएर राति ७ बजेसम्म पुर्‍याइएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । महाधिवेशनमा कुल ७ हजार २५५ जना मतदाता रहेका छन् ।

Related Post