मंसिरको विवाह सिजनमा सुनचाँदीको मूल्य घट्दा उपभोक्तालाई राहत, एक सातामै सुन २६ हजारले सस्तियो

मंसिरको विवाह सिजनमा सुनचाँदीको मूल्य घट्दा उपभोक्तालाई राहत, एक सातामै सुन २६ हजारले सस्तियो
46

 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। आइतबार सुन प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो एक सातामा मात्रै सुन प्रतितोला २६ हजार रुपैयाँभन्दा बढीले घटेको छ।

Related Post