मधेसमा सबै दललाई समेटेर सरकार बनाउने मुख्यमन्त्री यादवको घोषणा, विश्वासको मत पाउनेमा ढुक्क

मधेसमा सबै दललाई समेटेर सरकार बनाउने मुख्यमन्त्री यादवको घोषणा, विश्वासको मत पाउनेमा ढुक्क
41

 

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने घोषणा गरेका छन्।

शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सबै दललाई सरकारमा सहभागी गराउने आफ्नो चाहना रहेको बताए। त्यसका लागि सम्बन्धित दलहरूसँग छलफल अघि बढाउने उनको भनाइ छ।

आफ्नो नेतृत्वको सरकारमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्दै उनले निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने दाबीसमेत गरे।

यसअघि प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

Related Post