नेपाली कांग्रेसको बन्दसत्र सुरु, २४ पदाधिकारी चयन हुँदै

07 October, 2026 64 Views
नेपाली कांग्रेसको बन्दसत्र सुरु, २४ पदाधिकारी चयन हुँदै
64

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार वटा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

बन्दसत्र सम्पन्न भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढ्नेछ । निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।

महाधिवेशनबाट एक सभापति, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी चयन हुनेछन् ।

व्यवस्थाअनुसार १५ सहमहामन्त्रीमध्ये चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्नेछन् । त्यसअनुसार महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित हुनेछन् ।

Related Post