169
असोज,काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल नेपाललाई लगातार दुई पटक विश्वकपमा छनोट गराउँने पहिलो कप्तान बनेका छन् । रोहितले पहिलो पटक लगातार २०२४ अमेरिका र वेस्ट इन्डिज र २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी २० विश्वकपमा नेपाललाई छनोट गराउँन सफल भएका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले नेपाललाई पहिलो पटक २०१४ को आईसीसी टी २० विश्वकपमा छनोट गराउँन सफल भएका थिए । २०१४ मा पहिलो पटक विश्वकप खेलेको नेपालले दोस्रो विश्वकप खेल्न १० वर्ष कुर्नु परेको थियो ।