ओलीको आरोप : एमालेविरुद्धको घेराबन्दी अझै रोकिएन

12 October, 2026 74 Views
ओलीको आरोप : एमालेविरुद्धको घेराबन्दी अझै रोकिएन
74

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको राजनीतिक घेराबन्दी अझै जारी रहेको बताएका छन् ।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा पनि घेराबन्दी हुन सक्ने बताए ।

ओलीले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नुपर्ने भन्दै बलजफ्ती र दमनविरुद्ध प्रतिवाद गर्नुपर्ने धारणा राखे । उनले आगजनी र लुटपाटलाई आन्दोलन नभई अन्याय र बलजफ्तीविरुद्ध उभिनुलाई वास्तविक आन्दोलनका रूपमा व्याख्या गरे ।

उनले विगतका निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी भएको दाबी गर्दै आगामी चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने बताए ।

Related Post