रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

30 October, 2025 100 Views
रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
100

कात्तिक, रुपन्देही । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४, सुलिचौरबाट किलाचौर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडार भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गयराती जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका ६, बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्युु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते हुनेहरूमा लुङ्ग्री ७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री ४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुलिचौरका  अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको जानकारी दिए । सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

Related Post