44
काठमाडौँ । भदौ १० गतेको रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्र फसेको नेपाली सेनाले अनुमान गरेको छ। सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्र प्रवेश गरेका व्यक्तिको तथ्यांकका आधारमा १२१ जना फसेको देखिएको जानकारी दिएका हुन्।
सहायक रथी थापाका अनुसार सबै सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी रहनेछ। जलविद्युत् आयोजनाका अन्य कर्मचारी तथा व्यक्तिहरू भने सुरुङको बाहिरी क्षेत्रमा परेको हुनसक्ने सेनाको अनुमान छ।
सुरुङमा भएको क्षतिको प्रारम्भिक आकलन गर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको हुनसक्ने सहायक रथी थापाले बताए।