परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्यायमा सहकार्यको प्रतिबद्धता

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्यायमा सहकार्यको प्रतिबद्धता
61

काठमाडौँ । नेपालमा आएको विपद्प्रति माल्दिभ्सले दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा ऐक्यबद्धता जनाएको छ। सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच भएको टेलिफोन वार्तामा माल्दिभ्सले कठिन परिस्थितिमा नेपालप्रति समर्थन व्यक्त गरेको हो। वार्तामा दुवै देशले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका साझा चुनौतीबारे छलफल गर्दै जलवायु न्यायका लागि क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

विदेशमन्त्री आदमले विपद्का कारण नेपालमा उत्पन्न दुःखद अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना र ऐक्यबद्धता प्रकट गरिन्।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

वार्तामा जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका नेपाल र माल्दिभ्सजस्ता मुलुकले भोगिरहेका साझा चुनौतीबारे पनि छलफल भएको छ। दुवै विदेशमन्त्रीले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको पक्षमा आवाज उठाउने र प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

Related Post