रास्वपाले खोल्यो उम्मेदवारको ढोका, स्थानीय चुनावका लागि आवेदन आह्वान

रास्वपाले खोल्यो उम्मेदवारको ढोका, स्थानीय चुनावका लागि आवेदन आह्वान
78

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार बन्न इच्छुकहरूका लागि आवेदन खुला गरेको छ।

उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन पार्टीले विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले क्यान्डिडेट क्लब, प्रविधि, गुनासो समन्वय, समावेशिता, क्षमता विकास, व्यवस्थापन र प्रचारप्रसार उपसमिति गठन गरेको हो।

उक्त उपसमितिहरूको जिम्मेवारी क्रमशः कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, जनकसिंह धामी, डा. तोसिमा कार्की, टासी ल्हाजोम, रहबर अन्सारी र मिलन लिम्बूलाई दिइएको छ।

Related Post